रोकिएको प्रदेश २ को एसईई परीक्षा चैत २२ देखि |
काठमाडौं । प्रश्नपत्र बाहिरिएपछि रोकिएको प्रदेश नं २ कोे एसईईको परीक्षा यही चैत २२ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । परीक्षा बोर्डको आज सोमवार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
काठमाडौं । प्रश्नपत्र बाहिरिएपछि रोकिएको प्रदेश नं २ कोे एसईईको परीक्षा यही चैत २२ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । परीक्षा बोर्डको आज सोमवार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
काठमाडौं । प्रहरीले बैंकको एटीएम मेशिन फुटाउँदै गरेको अवस्थामा काठमाडौंमा दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौं । कतै तपाईं विदेशमा समस्यामा त पर्नु भएको छैन ? यदि विदेशमा दुःख र यातना वा अरु कुनै समस्यामा पर्नुभएको छ भने अब चिन्ता नगर्नुस् ।
काठमाडौं । झण्डै १० महिनादेखि रोकिएको मलेशिया जाने नेपाली कामदारको श्रमस्वीकृति आज सोमवारदेखि पुनः दिन थालिएको छ ।
काठमाडौं । हिजो आइतवार आएको हावाहुरीपीडितका लागि नेपाल उद्योग वाणिज्य महासंघले रू. ५० लाख सहयोग गर्ने घोषणा गरेको छ ।
क्वालालम्पुर । मलेशियाका लागि नेपालका नवनियुक्त राजदुत उदयराज पाण्डेले कसैले जघन्य किसिमका कुनै काम गरे दूतावासले कडाभन्दा कडा कारवाही गर्ने प्रतिबद्वता व्यक्त गरेका छन् । साथै यहाँ रहेका संगठनको पगरी धुतेर कुनैपनी श्रमिक ठग्ने काम पुर्णरुपमा तत्काल बन्द गर्न चेत्तावनी समेत उनले दिएका छन् ।
काठमाडौँ । नेपाल राष्ट्र बैकले मार्जिन ट्रेडिङको कारोबार गर्न ब्रोकर कम्पनीलाई स्वीकृति दिएको छ । केन्द्रीय बैंकले पहिलो पटक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सिफारिसमा क्रिष्टल कञ्चनजङ्घा सेक्युरिटीलाई स्वीकृति दिएको हो ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले चैत १९ गते मंगलबारदेखि नयाँ सर्किट ब्रेकर प्रणाली लागू गर्ने भएको छ । नेप्से सूचकांक बढ्दा र घट्दा लाग्ने हालको सर्किट ब्रेकरको व्यवस्थालाई नेप्सेले परितर्वन गर्न लागेको हो ।
काठमाडौं । नेपाल वेयर हाउजिङ्ग कम्पनीलाई खाद्यान्नको वैज्ञानिक भण्डारणको लागि प्राविधिक पक्षमा भारतीय कम्पनी नेशनल कोलाटरल म्यानेजमेन्ट सर्भिसेज लिमिटेड (एनसीएमएसएल) ले सघाउने भएको छ ।
काठमाडौं । चौधरी ग्रुपले करिब एक खर्ब रुपैयाँका ४ वटा आयोजनामा लगानी गर्ने समझदारी गरेको छ । ग्रुपले लजिस्टिक पार्क, सोलार र दूरसञ्चार क्षेत्रमा लगानी गर्न समझदारी गरेको हो ।