काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६७२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । काठमाडौंमा २ हजार १००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी २ हजार ६७२ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं । पछिल्लो २४ घण्टामा ५००८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा १८२३ महिला र ३१८५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो ।
काठमाडौं । कुमारी बैंकका ग्राहकलाई ल्याण्डमार्क होटेल रिसोर्ट एंड स्पा अन्तर्गतका नारायणहिटी, पोखरा र चितवनका चार तारे होटेलहरूमा क्वारेन्टाइन बसाइको कूल बिल रकममा ८ प्रतिशत सम्मको छुट दिइने भएको छ ।
काठमाडौं । सनराइज बैंकले चाडपर्वलाई लक्षित गरी भाटभटेनी सुपरमार्केटसँग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि विशेष योजना ल्याएको गरेको छ । बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा विशेष योजना ल्याएको हो ।
काठमाडौं । दसैंको सुरुवातसँगै ग्लोबल स्मार्टफोन ब्रान्ड भिभोले आफ्ना ग्राहकहरुको लागि भिभो ह्यान्डसेटको खरिदमा उपहार योजना ल्याएको छ । यो योजना असोज २३ देखि मंसिर १५ सम्म नेपाल अधिराज्यभरका भिभोको आधिकारीक तथा खुद्रा बिक्री केन्द्रमा लागु हुने जनाइएको छ ।
काठमाडौं । पुनːनिर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ । यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको दशैँअघि नै राष्ट्रप्रमुखबाट उद्घाटन गर्ने तयारी रहेको राष्ट्रिय पुनːनिर्माण प्राधिकरणले बताएको छ ।
काठमाडौं । नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले आउँदै गरेको बडा दशैँलाई लक्षित गरेर ग्राहकहरुको माझ ‘यो दशैँमा किन मान्ने बोर, टाटा मोटर्सले दिन्छ उपहार मोर’ नामक योजना ल्याएको छ ।