सातामा साढे १४ अर्बभन्दा बढीको शेयर कारोबार, साढे १८ अंक बढ्यो नेप्से |
काठमाठौं । गत साताको अन्तिम कारोबार दिन १५७१.०४ विन्दुमा बन्द भएको नेप्से यस साता १८.५९ अंक अर्थात १.१८ प्रतिशत बढेर १५८९.६३ विन्दुमा बन्द भएको छ ।
यस साता सेन्सेटिभ इण्डेक्स ४.५९ अंक बढेर ३१४.७४ विन्दुमा उक्लिएको छ ।
नेप्सेसँगै यस साता कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ । गत साता ११ अर्ब ४२ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस साता १४ अर्ब ६४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । यस साताको कारोबार रकम गत साताको तुलनामा २८.२७ प्रतिशत बढी हो ।
नेप्से परिसूचक बढेसँगै कुल बजार पूँजीकरण पनि बढेको छ । यस साताको अन्तिम कारोबार दिन नेप्सेमा सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण २१ खर्ब १८ अर्ब पुगेको छ । यो गत साताको तुलनामा १.२३ प्रतिशत अर्थात २५ अर्ब बढी हो । गत साताको अन्तिम कारोबार दिन नेप्सेको कुल बजार पूँजीकरण २० खर्ब ९३ अर्ब थियो ।

