काठमाडौं । सरकारले विदेशी मदिरा आयातमा लगाएको बन्देज फुकुवा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले आयात खुल्ला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
काठमाडौं । कर्णाली प्रदेश सरकारविरुद्ध सत्तारुढ दलकै सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गराएका छन् । आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै प्रदेशसभासदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
काठमाडौं । एक महिनामा तीन पटक मूल्य घट्दा पनि मासु नबिकेपछि प्रतिकिलो तयारी मासुको मूल्य दुई सय रुपैयाँ नजिक पुगेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । कुखुराको मासु पछिल्लो तीन वर्ष यताकै सस्तो भएको हो ।
काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट थप २२ को मृत्यु भएको छ । मृतकमा ५ महिलासहित १७ पुरुष रहेका छन् । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ४२७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो ।
काठमाडौं । अब विद्युतिय माध्यम (वालेट) बाट सरकारी राजश्व तिर्दा शुल्क लाग्ने छैन । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुलाई सरकारी राजश्व वालेटबाट तिर्दा कुनै पनि अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो ।
काठमाडौं । विज्ञहरुले नेपालको आप्रवासन नीति विरोधाभाषपूर्ण रहेको भन्दै त्यसमा पुनर्विचार गर्न सरकारलाई सुझाव दिएका छन् । नेपालले आप्रवासनलाई सुरक्षित, व्यवस्थित र नियमित तुल्याउन तत्काल उपयुक्त कदम चाल्नुपर्ने सुझाव उनीहरुको छ ।
काठमाडौं । रोयल इन्फिल्डका दुई बाइक हिमालयन र इन्टरसेप्टरको टेस्ट राइड प्रोग्राम ‘एड्भेन्चर मिट्स फन’ हुने भएको छ । नेपालका लागि रोयल इन्फिल्ड बाइकको आधिकारिक वितरक विवेक अटोमोबाइल्स प्रालिले रोयल इन्फिल्ड सोरुम बालाजुमा सो कार्यक्रमको आयोजना गर्ने भएको छ ।
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को २५ औँ खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरुले चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको छ । जीतसँगै बैंग्लुरु अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ ।