काठमाडौं । मिस यूनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रालिले ल्याएको यस वर्षको मिस यूनिभर्स नेपालको यही पुुस ७ गते मेरिएट होटोलमा भएको एक समारोहमा उत्कृष्ट १८ को छनाटको घोषणा भयो ।
काठमाडौं । प्राइम कमर्सियल बैंकको १३ औं वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ । सभा बैंकको प्रधान कार्यालय कमलपोखरी काठमाडौंमा भिडियो कन्फ्रेन्स मार्फत बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १५℅ बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।
काठमाडौं । बुद्धिजीवी संगठन एवं विभिन्न पेसागत महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर अलोकतान्त्रिक, पश्चगामी तथा गैरसंवैधानिक कार्य गरेको बताएका छन् ।
काठमाडौं । नेकपाको (प्रचण्ड–नेपाल) पक्षले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ । सो पक्षका अर्का अध्यक्ष माधव कुमार नेपालले प्रचण्डलाई संसदीय दलको नेतामा प्रस्ताव गरेकोमा सर्वसम्मतिले दलको नेता चयन गरिएको हो ।
काठमाडौं । शुक्रबारबाट हल संचालन गर्ने तयारी गरेका हल व्यवसायीहरु अहिले आन्तरिक तयारीमा व्यस्त छन् । सरकारले हल संचालनका लागि अनुमती नदिएपछि शुक्रबारबाट हल चलाउने घोषणा हल व्यवसायीहरुको छाता संगठन चलचित्र संघले गरिसकेको छ ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल र थाइल्याण्डबीच पर्यटन क्षेत्रको विकास एवंम विस्तारका लागि बैंकक–लुम्बिनी सिधा हवाइ सम्पर्क गर्न जोड दिएको छ । बुधबार राजधानीमा आयोजित नेपाल–थाइल्याण्ड चेम्बर बैठकमा चम्बेरले यस्तो आग्रह गरेको हो ।
चलचित्र ‘उरी’को सफलतापछि रोनी स्क्रिुवालाले निर्माता अमर वुटालासँग नयाँ चलचित्रका लागि सहकार्य गरेका छन् । चलचित्रको नाम ‘मिसन मज्नु’ राखिएको छ । यो चलचित्र सन् १९७० मा भारतले गरेको महत्वकांक्षी गोप्य अप्रेशनमा आधारित रहेर निर्माण गर्न लागिएको हो ।
काठमाडौं । धितोपत्र बजार तथा वस्तु विनियम बजारको विकास र विस्तारलार्ई व्यवस्थित एवं सुशासित बनाउन आजदेखि सेबोन आइसीटी अपरेसनल म्यानुअल प्रयोगमा आएको छ । बोर्डले आइसीटी अपरेसनल म्यानुअल लागू भएको जनाएको छ ।