लाओस । लाओस सरकारको सहयोगमा युन्नान कन्स्ट्रक्शन एण्ड इन्भेष्टमेन्ट होल्डिङ्ग ग्रुपले संयुक्त रूपमा निर्माण गरेकोे भियन्टियानदेखि भ्यांगभियांग सेक्सनसम्मको चीन–लाओस एक्सप्रेसवेको पहिलो चरण डिसेम्बर २०मा औपचारिक रूपमा खोलिएको थियो ।
काठमाडौं । सेन्चुरी बैंकको नवौं र दशौं वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ । सभा आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा भिडियो कन्फ्रेन्स मार्फत बिहान ११ बजेदेखि सुरु हुनेछ ।
काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने बताएका छन् । संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको उनको भनाइ छ ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहको संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसद पुनस्र्थापित गरेर नयाँ सरकार बनाइने बताएका छन् ।
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपालको न्यायपालिका संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितताका लागि प्रतिबद्ध रहेको बताएका छन् ।
काठमाडौं । मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति निजी क्षेत्रका व्यवसामयीक संगठनहरु पनि बोल्न थालेका छन्। निजी क्षेत्रका तीनवटै संगठनले मुलुकका प्रमुख राजनीतिक दलहरू समक्ष संयमतापूर्वक निर्णय लिन आग्रह गरेका छन्।