काठमाडौं । ग्लोबल आइएमई लघुबित्त वित्तीय संस्थाले कोरोना संक्रमित आफना ग्राहक सदस्य तथा सदस्यका परिवारलाई आर्थिक सहयोग गरेको छ । संस्थाले विभिन्न शाखाहरुमा आवद्ध कोरोना संक्रमित सदस्यहरुलाई ३ लाख २५ हजार रुपैयाँ बराबरको नगद सहयोग गरेको हो ।
काठमाडौं । अरब सागरमा विकसित चक्रवातको प्रभाव नेपालको पश्चिमी, मध्य र पूर्वी भागमा दखिन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसको प्रभाव नेपालमा शुक्रबारसम्मै पर्ने पूर्वानुमान मौसमविदले गरेका छन् ।
काठमाडौं । भारतले कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी गरेको छ । आइतबार भारतको केन्द्र सरकारको रक्षा मन्त्रालयले ट्वीट गर्दै कोरोना भाइरसको औषधि तयार भएको र सोमबार बिहान सार्वजनिक गर्न लागेको जानकारी दिएको हो ।
काठमाडौं । मेटलाइफ फाउन्डेशनले अमेरिका नेपाल मेडिकल फाउन्डेशन (एएनएमएफ) लाई नेपालमा कोरोनाबाट प्रभावित असाह्य व्यक्तिहरुका लागि आवश्यक चिकित्सा सेवा प्रदान गर्न ५० हजार अमेरिकी डलर अनुदान दिने भएको छ ।
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले डेविट कार्ड, मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग र क्यु. आर कोड सेवा संचालनमा ल्याएको छ । सो सेवाको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत टिकानिधी लोहनीले जुमबाट गरेका छन ।
काठमाडौं । अभिनेता दयाहाङ राईको निर्देशन रहेको नाटक ‘मितज्यू’ युट्युवबाट सार्वजनिक गरिएको छ । केही सातादेखि जारी निषेधाज्ञामा घरमै बस्न बाध्य सर्वसाधारणलाई हेर्न वातावरण मिलोस् भन्ने उद्देश्यले मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णांकी नाटकलाई डिजिटल माध्यमबाट सार्वजनिक गरेको हो ।
काठमाडौं । अहिले नेपालमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर चलिरहेको छ । साथै कोरोना संक्रमणबाट बच्न अहिले कोरोना खोप अभियान पनि सञ्चालन भइरहेको छ ।