काठमाडौं । दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै देशका विभिन्न स्थानमा लागु गरिएको निषेधाज्ञाका कारण दुग्ध पदार्थको खपतमा कमी आएको छ । अन्य समयको तुलनामा निषेधाज्ञासँगै दुग्ध पदार्थको ६० प्रतिशतले कमी आएको व्यवसायीहरू बताउँछन् ।
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सोल्टी होटल रू. १३ करोड ६६ लाख ३८ हजार खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म रू. १४ करोड ५ लाख ४७ हजार खुद नाफा गरेको होटलले यस वर्ष आम्दानी भन्दा खर्च बढी भएकाले नोक्सानी व्यहोर्नु परेको हो ।
काठमाडौं । दुई बैंकले ऋणपत्र विक्री गर्दैछन् । एनएमबि बैंकले जेठ ९ गतेदेखि १५ वर्षे अवधिको उर्जा ऋणपत्र विक्री गर्दैछ भने प्रभु बैंकले जेठ १६ गतेदेखि १० वर्षे अवधिको ऋणपत्र विक्री गर्ने भएको हो ।
काठमाडौं । पछिल्लाे २४ घण्टामा थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ ।
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधिको भन्सार जाँचपासलाई प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएका छन् ।
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निणर्य गरेको हो ।
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले जेठ २८ गते भर्चुअल माध्यमबाट अपरान्ह ४ बजे १६ औं वार्षिक साधारण सभा बोलाएको हो ।