ग्लोबल आईएमई लघुबित्तद्वारा संक्रमित सदस्यलाई आर्थिक सहयोग |
काठमाडौं । ग्लोबल आइएमई लघुबित्त वित्तीय संस्थाले कोरोना संक्रमित आफना ग्राहक सदस्य तथा सदस्यका परिवारलाई आर्थिक सहयोग गरेको छ । संस्थाले विभिन्न शाखाहरुमा आवद्ध कोरोना संक्रमित सदस्यहरुलाई ३ लाख २५ हजार रुपैयाँ बराबरको नगद सहयोग गरेको हो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले लमजुङस्थित सर्वोदय सेवा आश्रममा २५ हजारबराबरको खाद्यान्न तथा आवश्यक भाँडा कुँडा वितरण गरेका छन् । संस्थामा हाल १ लाख २४ हजार ९४७ जना सदस्य रहेका छन भने संस्थाको ऋण लगानी ६ अर्ब २० करोड तथा सदस्यहरुको बचत २ अर्ब ५ करोड रहेको छ ।
वित्तीय संस्थाले पोखरामा रहेको स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी यहि बैशाख ८ गते बाट एकीकृत कारोबार सुरु गरेको हो । हाल संस्थाले सातै वटै प्रदेशमा १०२ वटा शाखा मार्फत सेवा दिँदै आएको छ ।

