चीनले डिजिटल मुद्रा क्रिप्टोकरेन्सीहरुमाथिको हस्तक्षेपमा विस्तार गर्दै देशभित्रका बैंक तथा भुक्तानी प्लाटर्फमहरुलाई डिजिटल क्रिप्टोकरेन्सी मुद्रामा हुने भुत्तानीलाई रोक्न निर्देशन दिएको छ ।
दिग्गज प्रविधि कम्पनी माइक्रोसफ्टले आफ्नो नयाँ संस्करणको कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज ११ सार्वजनिक गरेको छ । एक भर्चुअल समारोहमार्फत् माइक्रोसफ्टले आफ्नो नयाँ पुस्ताको अपरेटिङ सिस्टम सार्वजनिक गरेको हो ।
काठमाडौं । नि:सन्तान उपचारको क्षेत्रमा अब्बल मानिएको वात्सल्य आईभीएफले Hystero-Salpingo-Contrast-Sonography (HyCoSy) र Sperm DNA Fragmentation Index (DFI) जस्ता दुईवटा नयाँ जाँच विधिको शुरुवात गरेको छ । जुन, नेपाल मै पहिलोपटक भएको दावी गरिएको छ ।
काठमाडौं । चीनले तिब्बतमा पहिलो पूर्ण विद्युतीय बुलेट रेल सञ्चालनमा ल्याएको छ । तिब्बत–सिचुआन रेलमार्गमध्येको ल्हासा-न्यिङचि खण्डमा बुलेट रेल शुक्रबारबाट सञ्चालनमा आएको हो ।