काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २१ गते कम्पनीको केन्द्रिय कार्यालय, हात्तीसार, काठमाडौँमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
काठमाडौं । नेको इन्सुरेन्सले असार ३१ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले १५.५% बोनस सेयर र कर तिर्न ०.८२% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको छ ।
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८∕७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बिहीबार भएको आठौं नगरसभामा उपप्रमुख इन्दिरा कार्कीले ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।