काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत २६ वटै वाणिज्य बैंकले गत आर्थिक वर्षको कमाइबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन्। बैंकहरुले न्युनतम ५ प्रतिशतदेखि ३८ प्रतिशतसम्म लाभांश वितरण गर्ने घोषणा गरेका छन्।
काठमाडौं । पुस ७ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेले एमएमबि बैंक, नेपाल एसबिआई बैंक, छिमेक लघुवित्त र गणपति लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नं. १ जीवन बीमा कम्पनी भएको दावी गरेको छ । नेपाल लाइफले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाल लगायत सञ्चार माध्याम मार्फत “नेपालकै नं १” अभियान सार्वजनिक गरी तथ्य परक प्रमाणहरु प्रस्तुत गर्दै सो दावी गरेको हो ।
काठमाडौं । टिकटक क्रिएटरलाई सम्मान गर्ने उद्देश्यले नेपाली इकमर्स ग्यापु मार्केटप्लेसले चर्चित टिकटक क्रिएटरहरुलाई विभिन्न विधामा ‘टिकटक अवार्ड’ प्रदान गरेको छ ।