रुससँग युद्ध गरिरहेको युक्रेनले युरोपेली संघको सदस्यता दिन सोमबार फेरि माग गरेको छ । युक्रेनका राष्ट्रपति भालोदिमिर जेलिन्स्किले युक्रेनलाई तत्काल युरोपियन युनियनको सदस्यता दिन फेरि माग गरेका हुन् ।
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै बि.पि.चोक, बैंक लाइन ,गाईघाट, त्रियुगा नगरपालिका वडा नं.११, उदयपुरमा शाखा संचालनमा ल्याएको छ ।
काठमाडौं । स्मार्ट टेलिकमले ‘एसएमइ कग प्लान’ योजना ल्याएको छ । यो योजना साना र मध्यम आकारका उद्यमीहरूलाई उत्कृष्ट सञ्चार प्रदान गर्न समर्पित गरिएको कम्पनीले जनाएको छ ।
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) प्रवेश गर्न अब पीसीआर रिपोर्ट नचाहिने भएको छ। यूएईको आपतकालिन,संकट तथा विपद व्यवस्थापनका लागि राष्ट्रिय प्राधिकरणले बताए अनुसार यूएई प्रवेश गर्ने यात्रुले आफ्नो यात्राअघि पीसीआर परीक्षण पेश गर्नु नपर्ने भएको हो।