विद्युत खरिद बिक्री सम्झौता खुलाउन इपानको माग |
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक सँघ (इपान)ले विद्युत खरिद बिक्री सम्झौता खुलाउन माग गरेको छ। इपानले नेपाल विद्युत प्रधिकरणलाई पत्र लेख्दै पिपिए खुलाउन माग गरेको हो।
अहिलेसम्म नीजी उर्जा उत्पादकका आयोजनाहरुको पहिचान अध्ययन, विकासको लागि करिब १० खर्ब लगानी गरिसकेको र आगामी ७ वर्षमा १७ खर्ब भन्दा बढी लगानी गर्ने इपानले आँकलन छ। तर प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौता बन्द हुँदा निजी उर्जा उत्पादकहरु निराश बनेका छन्। प्राधिकरणले विद्युत खरिदबिक्री सम्झौता बन्द गरेर लगानीकर्तालाई निरुत्साहित गर्नुका साथै उर्जा क्षेत्रको विकासमा नै गम्भिर बाधा उत्पन्न गरेको आरोप इपानको छ।
प्राधिकरणले हिँउदमा अर्बको विद्युत आयात गरीरहेको तथ्यलाई बेवास्ता गरी वर्ष यामामा थोरै विद्युत खेर गयो भन्ने बाहानामा पिपिए बन्द गरिएको भन्दै त्यसलाई खुलाउन माग गरेको हो।
इपानले विद्युत खरिद बिक्री सम्झैता बन्द गर्दा वर्षदेखि उर्जा उद्यमीहरुले आयोजनाहरुको पहिचान र अन्यमा खर्च गरेको अर्ब रुपैयाँ जोखिम परेकाे इपानले जनाएको छ। अहिले प्राधिकरणमा ९ हजार मेगावाटभन्दा बढी क्षमताका २१५ वटा आयोजनाहरुले सबै प्रकृया पुरा गरी आवेदन दिएको भएपनि प्राधिकरणले पिपिए नगर्दा लगानी जोखिममा परेको र यसले सरकारले लिएको १० वर्षमा १५ हजार मेगावट विद्युत उत्पादन गर्ने लक्ष्यमा समेत धक्का लाग्ने इपानले जनाएको छ।



