काठमाडौं । एनएलजी इन्स्योरेन्सले लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले चैत १७ गते, बिहान १०ः३० बजे, आम्रपाली ब्याङ्केट, बालुवाटारमा १६ औं वार्षिक साधारण सभा बोलाएको हो।
काठमाडौं । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले सरकार समक्ष छ बुँदे मागपत्र पेश गर्दै माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । समितिले नेपाल आयल निगम समक्ष मागपत्र पुनः पेश गरेको छ र सो माग पूरा नभए चैत ५ गतेबाट आन्दोलन गर्ने जनाएको छ ।
काठमाडौं । डाबर नेपालले ‘डाबरवाटिका नेचुरल स्याम्पू’को नयाँ रेन्ज सार्वजनिक गरेको छ । यो ब्राण्ड अनावरण डाबर बाटिका नेचुरल स्याम्पूकी ब्राण्ड एम्बेस्डर स्वस्तिमा खड्का, डाबर नेपालका व्यापार प्रमुख एचएस बेदी, मार्केटिङ प्रमुख अभय र्गोखाली र ब्रान्ड प्रबन्धक सलीना शर्माले गरेका हुन् ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले भक्तपुर जिल्ला सीसीटीभी जडान समितिलाई एक लाख रुपैयाँ नगद सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो ११औं स्थापना दिवसको पूर्वसन्धामा समितिलाई उक्त सहयोग गरेको हो ।
काठमाडौं । एनसेलले ‘अल नेपाल भ्वाइस प्याक’ योजना संचालनमा ल्याएको छ । एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा सस्तो दरमा भ्वाइस कल गर्ने सुविधा पाउने भएका हुन् ।
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको मंगलबार आइपीओ बाँडफाँट भएको छ । कम्पनीले गत फागुन १ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि शेयर निष्कासन गरेको थियो ।
काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधार देखिएको छ । एक सातामा वाणिज्य बैंकहरुको निक्षेप ११ अर्बले बढेको हो । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार फागुन १३ गतेदेखि २० गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ११ अर्ब रुपैयाँ बराबरले वृद्धि भएको हो ।
काठमाडौं । व्यवसायिक भुक्तानीको प्ल्याटफर्म कर्पोरेट पे प्रणाली को स्तरोन्नती गरी विभिन्न सुविधाहरुसँगै अब अनलाईन रजिष्टर गर्न सकिने सुविधा पनि थप गरिएको छ । बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यवसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले अब अनलाईन माध्यमबाट नै प्रारम्भिक रजिष्ट्रेसन प्रकृया पूरा
काठमाडौं । इन्टरनेटमा आधारित ओभर दि टप ओटीटी सेवा सञ्चालन गर्न अनुमति पत्र लिनुपर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ल्याएको राष्ट्रिय प्रशारण संशाेधित नियमावलीमा नेपालमा ओटीटी सञ्चालन गर्न इजाजतपत्र लिनुपर्ने वाध्यकारी व्यवस्था गरिएको हो ।
काठमाडौं । भारतीय रुपैयाँ (भारु) इतिहासकै न्यून विन्दुमा पुगेको छ । सोमबारको सुरुवाती कारोबारमा भारु अमेरिकी डलरको तुलना हालसम्मकै कमजोर भएको हो । सोमबार भारु प्रतिडलर ७६.९३ मा कारोबार भइरहेको छ ।