डलरको तुलनामा भारतीय रुपैयाँ इतिहासकै कमजोर |
काठमाडौं । भारतीय रुपैयाँ (भारु) इतिहासकै न्यून विन्दुमा पुगेको छ । सोमबारको सुरुवाती कारोबारमा भारु अमेरिकी डलरको तुलना हालसम्मकै कमजोर भएको हो । सोमबार भारु प्रतिडलर ७६.९३ मा कारोबार भइरहेको छ ।
यस दिन भारु प्रतिडलर ७६.९६ विन्दुसम्म पुगेर फर्किएको हो । शुक्रबार भने भारु प्रतिडलर ७६.१६ विन्दुमा बन्द भएको थियो ।
विश्व बजारमा कच्चा तेलको भाउमा उच्च वृद्धि भएसँगै भारतको आयातमा मुद्रास्फीति बढ्ने देखिएको छ । यसले भारतको व्यापार घाटा र चालु खाताको घाटा पनि फराकिलो बनाउने जोखिम बढेको छ ।
यता, अमेरिका र यसका सहयोगी राष्ट्रहरुले रुसबाट तेल आयात नगर्ने विषयमा छलफल गर्न थालेसँगै तेलको भाउ सोमबार थप ६% ले बढेको छ ।


