काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले आगामी आर्थिक वर्षको बजेट उद्योगमा केन्द्रीत भएको बताएका छन् । उनले बजेटपछि प्रतिक्रिया दिँदै उद्योग केन्द्रीत बजेटले आयात प्रतिस्थापनमा जोड दिएको बताए ।
काठमाडौं । सरकारले दोलखामा निर्माण गर्ने भनेको फिल्म सिटी निजी-सार्वजनिक साझेदारीमा निर्माण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माका अनुसार आगामी आर्थिक वर्षमा फिल्म सिटी निर्माणको काम अगाडि बढ्नेछ ।
काठमाडौं । सरकारले उच्च शिक्षाको अध्ययन अध्यापन कार्यलाई अनुसन्धानमा आधारित बनाउन त्रिभुवन विश्वविद्यालयलाई सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास गर्ने भएको छ ।
काठमाडौं । सरकारले जीवन बीमा गर्दा ४० हजार रुपैयाँसम्म आयकर छुट प्रदान गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री शर्माले उक्त जानकारी गराएका हुन् ।
काठमाडौं । सरकारले धरहराको बाँकी काम आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य सार्वजनिक गरेको छ । भूकम्पको बाँकी पुनर्निर्माणका लागि ९ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरेको सरकारले यस्तो घोषणा गरेको हो ।
काठमाडौं । नेपाली सेनाले हराइरहेको तारा एयरको विमान फेला परेको छ । आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयर मुस्ताङको कोमांङ स्थित मानापाथी हिमालको नजिक भएको आशंका गरिएको छ ।
काठमाडौं । स्वदेशी उत्पादन बढाउने, उक्त उत्पादन स्वदेशमै खपत गर्ने र निर्यातमा जोड दिनेगरी सरकारले नयाँ बजेटमार्फत ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ घोषणा गरेको छ ।