भेटियो हराइरहेकाे तारा एयरको विमान, थप विवरण केहि बेरमा आउने |
काठमाडौं । नेपाली सेनाले हराइरहेको तारा एयरको विमान फेला परेको छ । आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयर मुस्ताङको कोमांङ स्थित मानापाथी हिमालको नजिक भएको आशंका गरिएको छ । सो विमान मुस्ताङको मानापाथी हिमाल वरपर दुर्घटना भएको आशंका गरिए मुस्तांग जिल्ला प्रशासन कार्यालयले बताएको छ । विमानको बारेमा अहिले केहि वेरमा आधिकारीक विवरण सार्वजनिक गर्ने ती आधिकारिक जानकारी दिए ।
लामो समयदेखि विमान चलाउँदै आएका क्याप्टेन प्रभाकर घिमिरेले बिहान ९ः५५ बजे विमान पोखराबाट जोमसोमको लागि विमान उडाएका थिए । आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको विमानमा धनुषाका एकै परिवारको सात जना रहेको पुष्टि भएको छ ।््
पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन छ । सो एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ ।
विमानमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ ।


