काठमाडौँ । ५० करोड रुपैयाँ भन्दा बढी शेयर पुँजी वा वार्षिक ५० करोड रुपैयाँ धेरैको कारोबार गर्ने बचत तथा ऋण सहकारीको नियमन नेपाल राष्ट्र बैंकले गर्ने भएको छ ।
काठमाडौँ । स्किल सेवा प्रा.लिको चितवन शाखाको आज शाखा कार्यालय लायन्स चोकमा उद्घाटन भएको छ ।स्किल सेवाका चितवन शाखा प्रबन्धक सौगात तिवारीले कार्यक्रममा आफना भनाईहरु राख्दै आगामी दिनहरुमा पनि साथ र सहयोगको अपेक्षा समेत व्यक्त गरेका थिए ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैकिङ्ग क्षेत्रको स्रोत सबैलाई समान किसिमले वितरण गर्नका लागि शेयर धितो कर्जामा सिमा तोकिएको बताएका छन्।
काठमाडौँ । उप्रधान तथा अर्थमन्त्री पौडेलले १३ खर्ब ४१ अर्बको राजश्व संकलनको लक्ष्य पनि घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड बनाएका छन् । उनले चालु आर्थिक वर्षको बजेटको आकार घटाएका छन् ।
काठमाडौँ । सिटिजन लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १२ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा ९.१४% ले खुद नाफा वृद्धि गरेको हो ।
काठमाडौँ । युनियन लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यस इन्सुरेन्सले ७ करोड ८ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
काठमाडौँ । ओरियन्टल इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १२ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ । खुद नाफा गत वर्षको भन्दा ९१.३८% ले थोरै हो ।
काठमाडौँ । नेप्सेमा सूचीकृत ११ जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । प्रकाशित रिपोर्ट अनुसार समग्रमा बिमा कम्पनीहरुको नाफा ७०.४५% ले बढेर २ अर्ब ५ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।