सिद्धार्थ बैंकलाई भिसा इन्टरनेशनलद्वारा दुई उत्कृष्टता अवार्ड प्रदान
काठमाडौं । सिद्धार्थ बैंकलाई विश्वप्रसिद्ध भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेशनलद्वारा आयोजित ‘Visa Leadership Conclave’ कार्यक्रममा दुई वटा प्रतिष्ठित अवार्डबाट सम्मानित गरिएको छ । बैंकले कार्ड व्यवसायमा देखाएको उत्कृष्ट प्रदर्शनका आधारमा निम्न अवार्डहरु भिसाद्वारा बैंकलाई प्रदान गरिएको छ ।
1. Excellence in Consumer Prepaid Cards Business
2. Excellence in Consumer Credit Cards Business
ग्राहकलाई सुरक्षित, छरितो तथा आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य अनुरूप सिद्धार्थ बैंकले क्रेडिट कार्ड तथा प्रिपेड कार्ड सेवामा उल्लेखनीय रुपमा बजार बिस्तार गर्दै आएको छ । यी उपलब्धिले बैंकको सेवा गुणस्तर, प्रविधिमैत्री नीति तथा बजारमा बढ्दो विश्वासलाई पुष्टि गरेको बैंकले जनाएको छ ।
आषाढ २०८३ मसान्तसम्म बैंकहरूले कुल ३ लाख ३० हजार क्रेडिट कार्ड जारी गरिसकेका छन्, जसमा सिद्धार्थ बैंकको हिस्सा करिब ६९ हजार क्रेडिट कार्ड रहेको छ । यस आधारमा बैंकको बजार हिस्सा करिब २१ प्रतिशत रहेको देखिन्छ । त्यसैगरी, आषाढ २०८३ मसान्तसम्म बजारमा २ लाख ८० हजार प्रिपेड कार्ड जारी भइसकेका छन्, जसमा सिद्धार्थ बैंकको हिस्सा करिब ४२ हजार कार्ड रहेको छ ।
क्रेडिट कार्ड सुविधालाई थप प्रभावकारी तथा सहज बनाउने उद्देश्यले मङ्सिर २९, २०८३ सम्म ग्राहकहरुलाई लाइफटाइम फ्री क्रेडिट कार्डका लागि आवेदन दिन सकिने सेवा पनि बैंकले उपलब्ध गराएको छ ।



