रसुवा बाढीपिडितको सम्भनामा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र काठमाडौंको मैनबत्ती प्रज्ज्वलन तथा शोक सभा
ललितपुर । भदौ २० गते ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, काठमाण्डौले भाद्र १० गते भोटेकोशीमा आएको बाढीको कारणले त्रिशूली नदीमा आएको बाढी र सोजन्य पहिरोको कारणले रसुवागढी, त्रिशूली, देवीघाट, धादिङ्ग, गोरखा, चितवन लगायतका क्षेत्रमा ज्यान गुमाएका आत्माहरुको चिर-शान्तिको कामना गर्दै श्रद्धाञ्जली-सभा आयोजना गर्यो ।
यस कार्यक्रमको सभापतित्व ब्रह्माकुमारिज नेपालका निर्देशक दादी राजले गर्नुभएको थियो ।
कार्यक्रमको क्रममा भ्राता ब्रह्माकुमार रामसिंह ऐरज्यूले दीवंगत आत्माहरुप्रति गहिरो श्रद्धाञ्जलि प्रकट गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभयो ।
ब्रह्माकुमारिज् नेपालका निर्देशक दादी राजज्यूले आत्मा अजर अमर रहेको उल्लेख गर्दै शरीर त्याग गरेपछि आत्मा त जान्छ । त्यसैले उक्त आत्माहरुलाई देह र देह सम्बन्धी हिसाबहरुबाट मुक्त होस् भन्ने कामना गर्दै भगवानबाट शक्ति लिएर शक्तिदान गर्न सम्पूर्ण ब्रह्माकुमारी परिवारलाई आग्रह गर्नुभयो ।
यसरी शोक सभामा सम्पूर्ण दीवंगत आत्माहरू तथा परिवारजनहरूलाई ब्रह्माकुमारी परिवारले शान्ति तथा शक्तिको प्रकम्पन प्रदान गर्दै योग तपस्या गरियो ।



