रसुवा बाढीपीडितका लागि अर्नाले ५१ लाख रुपैयाँ सहयोग गर्ने
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि अर्ना ब्रान्डले ५१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
अर्नाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने जनाएको हो।
प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अर्नाले शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइते र प्रभावितको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनर्स्थापनाको कामना गरेको छ।
कम्पनीले विपद्को कठिन परिस्थितिमा सबै मिलेर प्रभावितलाई सक्दो सहयोग गर्नसमेत अपिल गरेको छ।


