नाडा अटोमोबाइल्सले प्रधानमन्त्री राहत कोषमा १० लाख दिने
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले तत्काल राहत तथा पुनरुत्थानका कार्यमा सहयोग पुर्याउने उद्देश्यले “प्रधानमन्त्री दैवी प्रकोप राहत कोष”मा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
विपद्को समयमा सरकार, निजी क्षेत्र, व्यवसायी तथा आम नागरिक सबैको सामूहिक प्रयासबाट प्रभावित क्षेत्रको उद्धार, राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकिने भन्दै सहयोग गर्न लागेको हो ।
‘यो महाविपद् नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सञ्चालनमा रहेकै बेला आइपरेको छ,’ नाडाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ, ‘आर्थिक गतिविधिलाई चलायमान राख्दै विपद्सँग जुध्नुपर्ने अवस्था रहेकाले भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ निरन्तर सञ्चालनमा रहने जानकारी गराउँदछौं ।’
विपद्को सामना गर्न सबैले आ-आफ्नो क्षेत्रबाट हातेमालो गर्ने र आर्थिक गतिविधिलाई सँगसँगै चलायमान बनाउनले नाडाले जनाएको छ ।


