पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप २०२६ को आधिकारिक इन्टरनेट पार्टनरमा भायोनेट
काठमाडौँ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायोनेट कम्युनिकेसन पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (PMNC) नेपाल २०२६ को आधिकारिक इन्टरनेट साझेदार बनेको छ।
नेपालमा तीव्र गतिमा विकास भइरहेको ई–स्पोर्ट्स र गेमिङ समुदायसँगको सहकार्यलाई थप प्रगाढ बनाउने उद्देश्यले कम्पनीले यो साझेदारी गरेको हो।
यस प्रतियोगिताको राष्ट्रिय फाइनल खेलहरू आगामी भदौ ६ र ७ गते, २०८३ मा काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्ड हलमा सञ्चालन हुनेछन्, जहाँ देशभरका उत्कृष्ट पब्जी मोबाइल टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिता अवधिभर खेलाडीहरूलाई उच्च गतिको इन्टरनेट अनुभव प्रदान गर्न भायोनेटले आफ्नो अत्याधुनिक ‘भायोनेट वाइफाइ ६’ (Vianet WiFi 6) प्रविधि प्रयोग गर्नेछ।
कम्पनीका अनुसार वाइफाइ ६ ले चार गुणासम्म उच्च कार्यक्षमता, फराकिलो नेटवर्क पहुँच र अत्यन्तै न्यून लेटेन्सी (कम विलम्बता) प्रदान गर्दछ।
यसले अनलाइन गेमिङ, भिडियो स्ट्रिमिङ तथा एकैसाथ धेरै डिभाइसहरू सञ्चालन गर्दा पनि ल्याग-मुक्त र भरपर्दो कनेक्सन सुनिश्चित गर्दछ।
गेमिङ क्षेत्र पछिल्लो समय मनोरञ्जनबाट अघि बढेर करियर र प्रतिस्पर्धाको बलियो माध्यम बन्दै गएको सन्दर्भमा भायोनेटले युवा पुस्तासँग जोडिने रणनीतिक प्रयास जारी राखेको छ।
प्रतियोगिताका क्रममा खेलाडीहरूलाई खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन दिन आवश्यक पर्ने गुणस्तरीय इन्टरनेट उपलब्ध गराउँदै देशको समग्र ई–स्पोर्ट्स क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन सहयोग गर्ने अपेक्षा भायोनेटले लिएको छ।


