पी टू पी कारोबार गर्न राष्ट्र बैंकले नीतिगत व्यवस्था गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणालीमा आधारित पियर–टु–पियर (P2P) लेनदेनको सम्भावनाबारे अध्ययन गर्ने योजना अघि सारेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत यस्तो पहल सार्वजनिक गरिएको हो।
केन्द्रीय बैंकका अनुसार व्यक्तिको क्रेडिट प्रोफाइलका आधारमा सिधै व्यक्ति–व्यक्तिबीच हुने वित्तीय कारोबारलाई व्यवस्थित गर्ने विषयमा अध्ययन गरिनेछ। यसका लागि आवश्यक कानुनी संरचना, नीतिगत व्यवस्था र कार्यान्वयनका विभिन्न पक्षहरूबारे विस्तृत विश्लेषण गरिने जनाइएको छ।
राष्ट्र बैंकले नयाँ प्रविधिमा आधारित वित्तीय प्रणालीलाई विस्तार गर्दै वित्तीय पहुँच र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने लक्ष्यसहित यस्तो अवधारणा अघि बढाएको संकेत दिएको छ।


