बैंकको वर्गिकरण पुनरावलोकन हुने
काठमाडौं । बैंकको वर्गिकरण पुनरावलोकन हुने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ मा बैंक तथा वित्तीय संस्थाहरूको वर्गीकरणमा हेरफेर हुने गभर्नर विश्वनाथ पौडेलले बताएका हुन् ।
राष्ट्र बैंकका गभर्नर डा विश्व पौडेलले मंगलबार जारी गरेको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुको पुनःवर्गीकरण गर्ने नीति समेटिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूको पुनःवर्गीकरण गरी व्यवसायको आकार र प्रकृतिअनुसारको विशिष्टिकृत सेवासहितको बैंकिङको अवधारणामा अघि बढ्ने नीति लिएको राष्ट्र बैंकले जनाएको छ ।
अहिले बैंक तथा वित्तीयहरूलाई क, ख, ग र घ वर्ग गरी वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था र लघुवित्त संस्थामा वर्गीकरण गरिएको छ। यसमा पुनरावलोकन हुने बताइएको छ ।


