पि.के निर्माण सेवाका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रकाश विश्वकर्मा सम्मानित
दाङ । पि.के निर्माण सेवा प्रा.लि.का अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रकाश विश्वकर्मा आन्तरिक राजश्व कार्यालय तुलसीपुर दाङबाट सम्मानित हुनु भएको छ ।
आन्तरिक राजश्व कार्यालय तुलसीपुर दाङको कार्यक्षेत्र अन्र्तगत आर्थिक वर्ष २०८१÷०८२ को आय विवरण अनुसार दोस्रो बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएकाले राष्ट्रिय कर दिवसको अवसरमा निर्माण व्यवसायी विश्वकर्मालाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डेले निर्माण व्यवसायी विश्वकर्मालाई सम्मान गरे । यस सम्मानले आफूलाई अझ व्यवसायिक भई पूर्वाधार क्षेत्रमा संलग्न हुन प्रेरणा मिलेको निर्माण व्यवसायी विश्वकर्माले बताए ।



