रियलमीद्वारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी नेपालमा सार्वजनिक
काठमाडौँ । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ सिरिजले उच्च प्रदर्शन, आकर्षक डिजाइन तथा एआई-आधारित नयाँ अनुभव उपभोक्तामाझ ल्याउनेछ।
रियलमी पी३ अल्ट्रा फाइभजीमा डाइमेन्सिटी ८३५० अल्ट्रा चिपसेट समावेश गरिएको छ। यसमा ६००० एमएएच टाइटन ब्याट्री र ८० वाट अल्ट्रा चार्ज प्रविधि उपलब्ध छ, जसले छिटो र प्रभावकारी चार्जिङ अनुभव दिने कम्पनीले जनाएको छ।
यो मोडेल ७.३८ मिलिमिटर अल्ट्रा स्लिम डिजाइन र ग्लोइङ लुनार डिजाइनमा उपलब्ध छ। साथै, आईपी ६९ स्तरको पानी प्रतिरोधी सुविधा, १.५ के क्वाड–कर्भ्ड एमोलेड डिस्प्ले र ओआईएस सहितको ५० मेगापिक्सेल सोनी एआई क्यामेरा समावेश गरिएको छ।
यसमा ६०५० वर्ग मिलिमिटर एरोस्पेस भीसी कुलिङ प्रणाली, १२ जीबी र्याम, २५६ जीबी स्टोरेज, जीटी बुस्ट, रियलमी यूआई ६.०, डुअल स्टेरियो स्पिकर तथा एन्टेना एरे म्याट्रिक्स जस्ता सुविधा रहेका छन्। रियलमी पी३ अल्ट्रा फाइभजी (१२GB + २५६GB) ग्लोइङ लुनार ह्वाइट र नेप्च्युन ब्लु रंगमा रु. ६५,९९९ मा उपलब्ध हुनेछ।
त्यसैगरी, रियलमी पी३ फाइभजी पनि सार्वजनिक गरिएको छ। यसमा स्न्यापड्रागन ६ जेन ४ फाइभजी चिपसेट समावेश छ। दैनिक प्रयोग र गेमिङ अनुभवलाई ध्यानमा राखेर डिजाइन गरिएको यो फोनमा ६००० एमएएच ब्याट्री, ४५ वाट फास्ट चार्ज, एरोस्पेस कुलिङ प्रणाली र १२० हर्ज एमोलेड ई–स्पोर्ट्स डिस्प्ले रहेको छ।
यसमा आईपी ६६, आईपी ६८ र आईपी ६९ पानी प्रतिरोधी सुविधा, ७.९७ मिलिमिटर अल्ट्रा स्लिम डिजाइन, अधिकतम २६ जीबी र्याम र २५६ जीबी स्टोरेज, ५० मेगापिक्सेल एआई क्यामेरा, एआई बुस्ट, जीटी बुस्ट, एन्ड्रोइड १५ मा आधारित रियलमी यूआई ६.०, डुअल स्टेरियो स्पिकर तथा एन्टेना एरे म्याट्रिक्स २.० जस्ता सुविधा समावेश छन्।
रियलमी पी३ फाइभजी (८GB + २५६GB) स्टारलाइट ग्रीन र कोमेट ग्रे रंगमा रु. ४४,९९९ मा उपलब्ध हुनेछ।
पी३ सिरिज सार्वजनिकसँगै रियलमीले नेपाली उपभोक्तालाई नवीन प्रविधि, आकर्षक डिजाइन तथा उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।


