नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । अदालतले उनलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको हो ।
सर्वोच्च अदालतलले आज शुक्रबार उनलाई देश छाडेर जानु पर्ने आवस्था आएमा अदालतबाट अनुमति लिनुपर्ने आदेश दिएको हो ।
न्यायाधीशहरूको सारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले कुनै एक वरिष्ठ अधिवक्ताको रोहवरमा उनलाई हाजिरी जमानीमा छाडी अनुसन्धान गर्न आदेश दिएको हो ।
सर्वोच्चले उनलाई मुलुक छाडेर विदेश जानुपर्ने अवस्थामा अदालतको आदेशमा लिएर मात्रै जान पाउने गरि रिहाइ गरिदिएको हो ।
उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने सम्मको अवस्था नदेखिएको भन्दै अदालतले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।
स्मार्ट टेलिकमको विषयलाई लिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पाण्डेलाई वैशाख २९ गते पक्राउ गरेको थियो। उनलाई गैरकानुनी रुपमा हिरासतमा राखेको भन्दै उनकी पत्नी निरु दाहालले वैशाख ३० गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।


