हिमालयन रिइन्स्योरेन्सले नयाँ पुनर्बिमा व्यवसाय गर्न नपाउने
काठमाडौँ । हिमालयन रिइन्योरेन्स लिमिटेडलाई नयाँ पुनर्बीमा व्यवसाय सञ्चालन गर्न नेपाल बिमा प्राधिकरणले रोक लगाएको छ ।
प्राधिकरणको वैशाख २९ गतेको निर्णयअनुसार बिमा ऐन, २०७९ को दफा १३६ को उपदफा ९१० बमोजिम कम्पनीलाई आर्थिक वर्ष २०८२र८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय नगर्न निर्देशन दिइएको हो ।
यद्यपि, यसअघि सम्पन्न भइसकेका पुनर्बिमा व्यवसायसँग सम्बन्धित रेट्रोसेसन तथा पुनर्बिमा दाबी भुक्तानी कार्य भने यथावत रहने प्राधिकरणले जनाएको छ ।
ललितपुरको कुपण्डोलस्थित प्राधिकरणले बिमा ऐन, २०७९ को दफा १३६ को उपदफा ९४० अनुसार २०८३ वैशाख ३१ गते सूचना प्रकाशित गर्दै सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराएको हो ।


