आइएमई लाइफले ९ महीनामा कमायो ३६ करोड नाफा
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक (चैत मसान्तसम्मको) वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार गत आवको तुलनामा चालू आवमा नाफा सहितका अधिकांश सूचकमा वृद्धि भएको छ।
गत आवको चैत मसान्तसम्म ३६ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा चालू आवको सोही अवधिमा सामान्य वृद्धि सहित ३६ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो।
समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ३ अर्ब ६० करोड ३५ लाख रुपैयाँबाट ३९.१८ प्रतिशतले बढेर ५ अर्ब १ करोड ५१ लाख रुपैयाँ नाघेको छ भने जीवन बीमाकोष ११ अर्ब ८४ करोड ३४ लाख रुपैयाँबाट ४२ प्रतिशतले वृद्धि भई १६ अर्ब ८३ करोड १० लाख रुपैयाँ नाघेको छ।


