गरिमा विकास बैंकका ग्राहकले ओम हस्पिटल र कान्तिपुर डेन्टलको सेवामा छुट पाउने
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) एण्ड रिसर्च सेन्टरको विभिन्न उपचार सेवामा आकर्षक छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।
सम्झौता पश्चात गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको उपचार सेवा अन्तर्गत सिटि स्क्यान, एक्सरे लगायत अन्य स्वास्थ्य सेवामा १० प्रतिशत सम्म छुट प्राप्त गर्नेछन् ।
त्यसैगरी, कान्तिपुर डेन्टल हस्पिटल (केडिसी)को बेड शुल्कमा १५ प्रतिशत तथा अन्य स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न किनेछ ।
कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) ले प्रदान गर्ने उक्त छुट काठमाडौंको बसुन्धारा सहित सुन्दरबस्ती र सतुंगल, पोखरा (कास्की), नारायणगढ र भरतपुर (चितवन) र बुटवल (रुपन्देही) स्थित शाखाहरुबाट पनि प्राप्त गर्न सकिने छ ।
गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले विकास बैंकको मोबाईल बैकिङ् र डेविट÷क्रेडिट कार्डबाट बिल भुक्तानी गर्दा उल्लेखित दुबै हस्पिटलहरुबाट सहजै छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले हाल देशभर एक सय २६ शाखा कार्यालय, ५१ एटिएम एवं नविनतम डिजिटल बैंकिङ् मार्फत करिब नौं लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।



