गायक राजेन्द्र कोलीको ‘यी नजरले रोज्यो तिमीलाई’ सार्वजनिक
काठमाडौं । गायक राजेन्द्र कोली (आरके)को नयाँ गीत ‘यी नजरले रोज्यो तिमीलाई’ सार्वजनिक भएको छ। ओएसआर डिजिटलमार्फत बिहीवार गीत सार्वजनिक भएको हो। गीतमा आरकेसँगै गायिका रचना रिमालको स्वर छ। गीतकोे भिडियोको निर्देशक तथा कोरियोग्राफी दिलीप ओखेडाले गरेका छन्। गीतमा ओखेडासँगै मोडल सुनिशा बजगाईंले अभिनय गरेका छन्।
प्रकाश खड्काजीको सिनेमाटोग्राफी रहेको गीतको सम्पादन मनोज कार्कीले गरेकाछन्। अलंकार स्टुडियोमा रेकर्ड भएको गीतको एरेन्जर विशाल निरौला छन्।



