तनहुँ-१ मा रास्वपा उपसभापति स्वर्णिम वाग्ले विजयी
काठमाडौँ । तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी भएका छन् ।
उनले ३८ हजार ४० मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी भगवती न्यौपानेले ५ हजार ८३० मत पाएकी छन्।




