गुल्मी–२ मा रास्वपाका गोविन्द पन्थी विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार गोविन्द पन्थी विजयी भएका छन् ।
१६ हजार ८७८ मतसहित पन्थी सांसद निर्वाचित भएका हुन् ।
उनका निकटतमा प्रतिस्पर्धी नेकपा (एमाले) का उमेदवार गोकर्ण बिष्टले १६ हजार ३८२ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर ४९६ रह्यो ।
तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार भुवनप्रसाद श्रेष्ठले १४ हजार ४०५ मत पाए । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उमेदवार श्रीराम महतले तीन हजार ७९ मत ल्याएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।




