कैलाली–१ मा रास्वपाकी कोमल ज्ञवाली बिजयी
काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की कोमल ज्ञवाली विजयी भएकी छन् ।
उनले नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीलाई झण्डै पाँच हजार मतले पराजित गर्दै विजयी भएकी हुन् ।
ज्ञवाली १७ हजार ८६२ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी चौधरीले १२ हजार ८६७ मत ल्याएका छन् ।




