काठमाडौँ २ मा रास्वपाका सुनिल के.सी विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी विजयी भएको छ। त्यहाँ रास्वपाका उम्मेदवार सुनिल के.सी.ले ३४ हजार २३८ मत ल्याएर जीत हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कबिर शर्माले ८ हजार ८७४ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्ती देवीले ५ हजार २१० र नेकपा एमालेका मणिराम फुयालले ४ हजार ७५९ मत प्राप्त गरेका छन्।




