प्रेम सुवाललाई हराउँदै भक्तपुर १ बाट रुकेश रन्जित निर्वाचित
काठमाडौं । नेपाल मजदुर किसान पार्टीको गढ मानिने भक्तपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विजयी भएका छन्। नेमकिपाका प्रेम सुवाललाई पछि पार्दै रास्वपाका रुकेश रन्जित निर्वाचित भएका हुन्।
रन्जितले ३३ हजार ४३६ मत ल्याउँदा सुवाल २८ हजार १४७ मतमा समेटिए। त्यस्तै, नेपाली कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सोम प्रसाद मिश्रले ३ हजार ७२१ मत प्राप्त गरेका छन्।




