दाङ–२ मा शंकर पोखरेल भन्दा रास्वपाका विपिनकुमार निकै अगाडि
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा दाङ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यले फराकिलो अग्रता बनाएका छन् । पछिल्लो मत परिणामानुसार उनले दुई हजार ४२९ मत प्राप्त गरेका छन् ।
आचार्यलाई नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ५८३ मतका साथ पछ्याइरहेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरे ३८७ मतसहित तेस्रो स्थानमा छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार निर्मल आचार्यले २१३ मत ल्याएका छन्।




