काठमाडौं ८ बाट दोस्रोपटक जिते विराजभक्त श्रेष्ठले
काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उनले यसअघि पनि सोही क्षेत्रबाट जितेका थिए। श्रेष्ठ जितेको औपचारिक घोषणा भने हुन बाँकी छ ।
श्रेष्ठले १४ हजार भन्दा बढी मत ल्याएका छन् । यहाँबाट नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार रहेका सुमन सायमीले १७ सय भन्दा बढी मत ल्याएका छन् भने नेपाली कांग्रेसका सपना राजभण्डारीले १४ सय र राष्ट्रिय प्रजातन्त्र पार्टीका नबिन शाहीले १ हजार मत कटाएको छ ।




