तनहुँ क्षेत्र नम्बर–१ मा स्वर्णिम वाग्ले अगाडि
काठमाडौँ । तिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर–१ मा मतगणना जारी छ ।
यति बेलासम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार स्वर्णिम वाग्ले एक हजार ३५२ मतसहित अगाडि छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५९० मत प्राप्त गरेका छन् ।
नेकपा (एमाले)की भगवती न्यौपानेले ४१६ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।




