भारतले भन्यो– चुनाव सम्पन्न भएकोमा नेपाललाई बधाई
काठमाडौं । नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा भारतले बधाई दिएको छ । भारतीय विदेश मन्त्रालयले बिहीबार साँझ एक नोट जारी गरी निर्वाचनपछि आउने नयाँ सरकारसँग काम गर्न तयार रहेको बताएको हो ।
चुनाव गराउन सफल प्रधानमन्त्री सुशीला कार्की र चुनावमा सहभागी हुने मतदातालाई पनि भारतले बधाई दिएको छ ।
‘भारतले नेपालको शान्ति, प्रगति र स्थिरतालाई निरन्तर समर्थन गरेको छ,’ भारतीय विदेश मन्त्रालयले भनेको छ ।
दुई देश र जनताबीचको बलियो बहुआयामिक सम्बन्धलाई अझ बलियो बनाउन नेपालको नयाँ सरकारसँग काम गर्न तत्पर रहेको उसको भनाइ छ ।




