१ बजेसम्म २४ प्रतिशत मत खस्यो
काठमाडौं । मुलुकभर भइरहेको प्रतिनिधी सभा सदस्यको निर्वाचनमा बिहीबार दिउँसो १ बजेसम्म ४४ लाख मत खसेको छ । मतदान सुरु भएको ७ घण्टा अर्थात १ बजेसम्ममा २४ प्रतिशत मत खसेको हो ।
अहिलेसम्म कुल ४४ लाख ५५ हजार ७९० मत खसेको हो । जसमध्येमा उपत्यकामा ३६ प्रतिशत अर्थात ४ लाख २२ हजार ६३८ मत खसेको छ ।
कर्णाली प्रदेशमा ३१ प्रतिशत, लुम्बिनीमा २६ प्रतिशत, सुदुरपश्चिममा २५ प्रतिशत, गण्डकीमा २१ प्रतिशत, बाग्मतीमा १९ प्रतिशत, मधेशमा २० प्रतिशत र कोशी प्रदेमा २३ प्रतिशत मत खसेको हो ।




