एकैदिन तोलामा ११ हजारले घट्यो सुन
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (फागुन २०) सुनको मूल्य तोलामा ११ हजारले घटेको हो ।
आजका लागि प्रतितोला तीन लाख १७ हजार ६०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन भने प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदी २७५ रुपैयाँले घटेर पाँच हजार ५४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पाँच हजार ८१५ रुपैयाँ तोकिएको छ ।




