६१ स्थानका मतपेटिका हेलिकप्टरमार्फत संकलन गरिने
काठमाडौँ । देशका १५ जिल्लाका ६१ स्थानका मतपेटिका संकलन हेलिकप्टर प्रयोग गरेर गरिने भएको छ।
स्थलमार्गबाट मतपेटिका संकलनका लागि समस्या पर्ने दुर्गमका ताप्लेजुङदेखि दार्जुलासम्मका ६१ स्थानमा हेलिकप्टर प्रयोग गरिने निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले जानकारी दिए।
विशेष गरेर हिमाली जिल्लामा जहाँ सडक सञ्जालको सहज पहुँच नभएको स्थानमा मत पेटिका संकलन हेलिकप्टरबाट सेनाले गर्नेछ। अन्य ठाउँको भने स्थलमार्गबाटै मतपेटिका संकलन गरिने छ।
आयोगले दुर्गमका २७ स्थानमा मतपेटिका ढुवानी पनि हेलिकप्टरबाटै गरेको थियो।




