नेपाल आइडल करण परियार र मुनाकाे स्वरमा एमाले उम्मेदवार भगबती चाैधरीकाे चुनावी गीत
सुनसरी । युवा स्वराेजगार, महिला उद्यमशीलता, आर्थिक सशक्तिकरण र समृद्ध राष्ट्र निर्माणको संकल्प बोकेकी नेकपा (एमाले) सुनसरी क्षेत्र नं. ३ की उम्मेदवार भगबती चौधरीको अफिसियल चुनाबी गीत सार्वजनिक भएको छ ।
नेपाल आइडल सिजन ५ का विजेता करण परियार तथा गायिका मुना अर्यालको सुमधुर स्वर रहेको, राजयोज शर्माद्वारा रचित र अर्जुन पोखरेलको संगीतमा तयार भएको भगबती चौधरीको अफिसियल गीत उहाँकाे पेजबाट सार्वजनिक भएकाे हाे ।
सागर बाबु भट्टको निर्देशन तथा सम्पादनमा बनेको म्युजिक भिडियोमा सुनसरी क्षेत्र नं. ३ का विभिन्न स्थानहरू तथा नेतृ चौधरीका चुनावी अभियानका झलकहरू समेटिएका छन् ।
विकास, समृद्धि र परिवर्तनको सन्देश बोकेको गीतले युवाहरूलाई राष्ट्र निर्माणकाे अभियानमा एक जुट हुन आग्रह गरिएकाे छ । उठाैं जनता सुनसरीकाे मुहार फेर्न उठाैं, समृद्धिकाे साझा सपना पुरा गर्न उठाैं भन्ने बाेलकाे गीतमा राष्ट्र, राष्ट्रियता, विकास, युवा स्वराेजगार, आर्थिक समृद्धिका विषय उठाइएका छन् भने, जनप्रतिनिधिहरू सधैं जनताकाे नजिक हुनुपर्ने, मातृ शक्ति, संस्कृति र सभ्यताका विषय समावेश गरिएकाे छ ।
हेर्नुहाेस् भिडियाे
https://www.facebook.com/reel/905472525677986




