एनआईसी एशिया बैंकले लाभांश वितरण नगर्ने
काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।
माघ २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसार गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।
बैंकले आर्थिक वर्ष २०७९/८० मा २९ प्रतिशत बोनस शेयर र १.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। सोपश्चात बैंकले कुनै आर्थिक वर्षमा लाभांश वितरण गरेको छैन।
हाल भने बैंक ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने तयारीमा रहेको छ।




