पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक समेत रहेका उनका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ ।
उनको स्वास्थ्य केही दिनयता जटिल बनेको थियो । त्यसपछि बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचारका लागि राखिएको थियो । उक्त अस्पतालले उनको बुवालाई बिहीबार मृत घोषणा गरेको हो ।
स्वर्गीय भट्टराईको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने प्रलोपाका नेता जन्मदेव जैसीले जनाएका छन् ।



