नेपाल बीमा प्राधिकरणको अध्यक्षमा चन्द्रकला पौडेल नियुक्त
काठमाडौं । नेपाल सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा सचिव चन्द्रकला पौडेललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई सो जिम्मेवारी दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् गृह मन्त्री ओमप्रकाश अर्यालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई अर्को व्यवस्था नभएसम्मका नेपाल बीमा प्राधिकरणको संचालक समितिको अध्यक्षको रुपमा कामकाज गर्ने गरि तोक्ने निर्णय गरेको जानकारी दिए ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षनको जिम्मेवारी यस अघि जनक राज शर्माले सम्हाल्दै आएका थिए । तत्कालिन अध्यक्ष शरद ओझाको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेका कारण सरकारले नयाँ अध्यक्ष नियुक्तीको प्रक्रिया समेत बिचमै रोक्नु परेको छ ।



