आईआरजीडीडीकी अध्यक्ष डा. पराजुलीले आईआरइएनएका उपमहानिर्देशक सिंह बीच भेटवार्ता
काठमाडौं । इन्टरनेशनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) की अध्यक्ष डा. शर्मिला पराजुली ढकाल र यूएईको अबुधाबीस्थित मस्दार शहरमा रहेको इन्टरनेशनल रिन्यूनेवल इनर्जी एजेन्सी (आईआरईएनए) को भ्रमण गरेकी छन् ।
उक्त अवशरमा पूर्वराजदूत डा. पराजुली र आईआरइएनएकी उपमहानिर्देशक गौरी सिंह बीच भेटवार्ता भयो । भेटवार्ताको क्रममा दुवै पक्षले नवीकरणीय ऊर्जा, क्षमता निर्माण र हरित विकासमा सहयोग सुदृढ पार्ने बारेमा छलफल भएको थियो । उनीहरूले आफ्नो विद्यमान सम्बन्धलाई बढाउन र विशेष गरी प्राविधिक सहयोग, नीति अनुसन्धान र दिगो ऊर्जा पहलहरूमा गहिरो सहकार्यको खोजी गर्न सहमत भए ।
डा. पराजुलीले विश्वव्यापी स्वच्छ ऊर्जा रूपान्तरणमा आईआरइएनएको नेतृत्वको लागि प्रशंसा व्यक्त गरिन् । नेपालको हरित ऊर्जा महत्वाकांक्षालाई समर्थन गर्न आईआरइएनएसगै नजिकबाट काम गर्ने आईआरजीडीडीको प्रतिबद्धतालाई फेरि प्रष्ट पारेकी थिइन् ।

